२०८१ माघ २५ शुक्रबार

काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफ्ट सँग मिली प्रेडिक्ट एण्ड वीन ‘predict and win’ क्याम्पेन ल्याएको छ । क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहने बैकले जनाएको छ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट Subscription निःशुल्क पाउन सक्ने बैकले बताएको हो ।

क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्ने बैकले जनाएको छ । क्यम्पेनको अवधि पछी युरो कप विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने र विजेता ग्राहकहरुले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउने बैकले बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय