२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । बजाज मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । बजाज मोटरसाइकलको नेपालमा लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनकि गरेको नयाँ मूल्यसूची अनुसार डोमिनार मोटरसाइकलको मूल्य घटेको छ भने अन्य मोडलको बढेको छ । कम्पनीले बजार डोमिनार २५० बीएस ६ मोडलको मूल्य ४५ हजार रुपैयाँ घटाएको हो । यसअघि कम्पनीले डोमिनार ४०० को मूल्य ५० हजार रुपैयाँले घटाएको थियो ।

आर्थिक वर्ष २०८०र८१ को बजेटले दिएको कर सहुलियतका कारण कम्पनीले डोमिनार २५० मा मूल्य घटाएको हो । डोमिनारमा मूल्य घटेपनि अन्य ८ मोडलका मोटरसाइकलमा भने मूल्य वृृद्धि भएको छ । बजाजले अन्य मोडलमा भने २ हजारदेखि ४ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धि हुने मोटरसाइकलमा पल्सर १२५, पल्सर १५०, एनएस १२५, एन १६०, एनएस २०० र एभेन्जर १६० रहेको छ ।

यस्तो छ नयाँ मूल्यसूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय