
काठमाडौं । भिभोले आफ्नो वाइसिरिजमा नयाँं मोडलको वाइ२७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ२७ एक उत्कृष्ट मास्टर पिस रहेको कम्पनीले जनाएको छ । डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ२७ हेर्दैखेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ ।
जसले गर्दा आफ्नो साथीहरुको भन्दा अलग र छुट्टै फोन बोक्न चाहने युवा पुस्ताको चाहनालाई सम्बोधन गरेको छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ२७ मा ५००० एमएएचको ब्याट्रि रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६जिबि ¥याम र ६जिबिको एक्स्टेन्डेड ¥याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूकालागि यो फोन विशेष रूपमा उपयोगी छ ।
नेपाली बजारमा रु २३,९९९ मा सार्वजनिक भएको वाइ२७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिपप्रति भिभोको प्रतिवद्धता छल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हो ।
यसको एस्थेटिकले स्टाइल र प्रोफेसनलिजम खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावितयसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ । यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथैकेरिने समस्या र औँलाको दाग बस्ने अथवा पनि हुँदैन । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रुप दिएको छ ।
५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामरा सहितको डुअल क्यामराले खिचेका तस्विरहरुमा उत्कृष्ट डिटेलहरु पाउन सकिन्छ । त्यस्तै यसमा भएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनि लिन सकिन्छ । त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फीमा ग्लो दिन्छ । बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।