२०८१ चैत्र ५ मंगलवार

काठमाडौँ । रसियाले ब्ल्याक सी ग्रेन डिलबाट पछि हट्ने निर्णय गरेपछि विश्‍वभर खाद्यान्‍न र खानेतेलको मूल्य बढेको छ। भारतले गहुँ निर्यात रोक्ने निर्णय गरेपछि पनि खाद्यान्‍न संकट उत्पन्‍न भएको हो। संयुक्त राष्ट्रसंघको खाद्यान्‍नसम्बन्धी नियोगले यी दुई कारणले विश्‍वभर खाद्यान्‍न र तरकारीको मूल्य बढेको जनाएको हो।

फुड एन्ड एग्रिक्लचर अर्गनाइनेसनको प्राइस इन्डेक्सले जुनदेखि जुलाईसम्म आइपुग्दा विश्‍वभर खाद्यान्‍नको मूल्य १.३ प्रतिशतले बढेको जनाएको छ। गहुँ र खाने तेलमा मूल्यवृद्धि हुँदा यसबाट सबैभन्दा धेरै प्रभाव गरिब देशहरुमा परेको छ। विशेषगरी भोकमरीसँग जुधिरहेका अफ्रिका, खाडी र एसियाका कयौं देशलाई यसले असर गरेको छ।

आर्थिक मन्दी र कोरोना भाइरस महामारीपछि सुधार हुँदै गरेको अर्थतन्त्रमा रसियाले ग्रेन डिलबाट पछि हटेपछि थप संकट निम्त्याइदिएको छ। ९ महिनामा पहिलोपटक जुलाइमा गहुँको मूल्य १.६ प्रतिशत बढेको एफपीओले जनाएको छ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने गरेको घोषणाले पनि देशहरु खाद्यान्‍न संकटतर्फ उन्मुख भएको नियोगले जनाएको छ। चामलको बढ्दो मूल्यले सब-सहारन अफ्रिकीसँग प्रभावित हुनेछ। यो क्षेत्रले विश्‍वमै सबैभन्दा बढी चामल निर्यात गर्ने गर्छ। खानेतेलको मूल्य पनि बढेको छ। जुन महिनाभन्दा खाने तेलको मूल्य १२.१ प्रतिशत बढेको छ। हाल विकासोन्मुख देशहरुमा खाद्यान्‍नको मूल्य बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय