२०८१ माघ २७ आईतवार

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले काठमाडौँको पानीपोखरीमा रहेको शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टर का विभिन्न सेवाहरूमा विशेष १५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय