२०८१ चैत्र ४ सोमबार

काठमाडौं । कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँग सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट (DMAT) खाता, शेयर ट्रेडिङ्ग खाता (TMS), सि आस्वा (C-ASBA) र मेरो शेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकमहानुभावहरुले सरल रुपमा शेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो । बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ्ग सेवा तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय