२०८१ चैत्र ४ सोमबार

एनएमबि बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन् ।

दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र एनएमबि बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख गणेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

योसँगै एनमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउनेछन् । क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय