२०८१ चैत्र ४ सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सेलेन्स–२०२३’ बाट सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि उक्त अवार्ड नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई दिइएको हो । बैंकले पाएको यो अवार्ड तेस्रो हो । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक हुँदा सन् २०१८ र २०२१ मा बैंकले यो अवार्ड पाएको थियो ।

बैंकले विज्ञप्ति जारी गर्दै वर्षभरीको कार्यसम्पादन, रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको बताएको छ ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मानित गर्नुको कारण रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय