काठमाडौं । सरकारी ऋणपत्रको ब्याज दर वर्षकै न्यून बिन्दुमा आएको छ। ६ सातायता ट्रेजरी बिल्सको ब्याज दर निरन्तर घटेको हो। राष्ट्र बैंकले सोमबार जारी गरेको ऋणपत्रमध्ये २८ दिनेको ट्रेजरी बिलको ब्याज दर ५.६१ प्रतिशतबाट ४.७३ प्रतिशतमा आएको हो।
अघिल्लो साता ९१ दिनेको ६.८० प्रतिशत, १८२ दिनेको ६.८९ प्रतिशत र ३६४ दिनेको ७.१९ प्रतिशत कायम भएको थियो। सोमबार ९१ दिनेको ६.०५ प्रतिशत, १८२ दिनेको ६.७१ प्रतिशत र ३६४ दिनेको ७.०४ प्रतिशत कायम भएको छ।
राष्ट्र बैंकले सोमबार कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो। यसमध्ये ५ अर्बको नयाँ थियो। २८ दिनेमार्फत ८ अर्ब, ९१ दिनेबाट ७ अर्ब ७५ करोड, १८२ दिनेबाट ५ अर्ब र ३६४ दिनेबाट ८ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ उठाएको हो। ट्रेजरी बिलको ब्याज घट्दा सरकारको दायित्व कम भएर फाइदा हुन्छ भने बैंक तथा वित्तीय संस्थाको आम्दानी घट्छ।















