२०८२ पुष २९ मंगलवार

काठमाडौं । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारी खर्च दैनिक ७ अर्बमाथि रहेको छ । हिसाबकिताब फरफार गर्ने समय भएकाले सरकारको खर्च अर्थात् भुक्तानी समेत बढेको छ । यसले बैंक तथा वित्तीय संस्थामा पनि प्रभाव पारेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजीको मात्र थप हुँदै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसरी लगानीयोग्य पुँजीको मात्रा बढिरहनुमा सरकारी भुक्तानीको समेत प्रभाव देखिएको छ ।

पछिल्लो समय संघीय सरकारको दैनिक भुक्तानी बढिरहेको छ । १२ गते ७ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको छ। १३ गते ७ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी भएको छ। १४ गते सार्वजनिक बिदाको दिनमा समेत १ अर्ब रुपैयाँ भुक्तानी भएको छ। असार महिना सुरु भएपछि नै सरकारले ५३ अर्ब रुपैयाँ खर्च गरेको हो।

जेठ मसान्त सम्म ११ खर्ब ७६ अर्ब रुपैयाँ खर्च भएकोमा अहिले त्यो खर्च १२ खर्ब २९ अर्ब रुपैयाँ भएको छ। यस भुक्तानीले पछिल्लो समय बैंकमा तरलता वृद्धिमा सहयोग गरिरहेको छ । राष्ट्र बैंकको अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ५५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रभावह ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। अहिले सीडी रेसियो अर्थात् ८३ दशमलव ९२ प्रतिशत रहेको छ भने अन्तर बैंक दर ५ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर