२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँको ४ दशमलव ४१ प्रतिशतका दरले हुन आउने १३ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २३२१ प्रतिशतले हुन आउने ७२ लाख ९२ नगद लाभांश पारित गरेको छ ।

त्यस्तै, सभाले कुनैपनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने/गाभिने प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने र उपयुक्त देखिएमा समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि बैंकले बैशाख १५ गते बुक क्लोज गरेको थियो । त्यसकारण बैशाख १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय