२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले एक हजार रुपैयाँ अङ्कित दरका १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

४० लाख ४० हजार बराबरको ऋणपत्र निष्कासन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । यसबारे एक सम्झौता भएको हो ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय