२०८० जेष्ठ १८ बिहीबार

काठमाडैं । एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्री र नगदगरी दुई लाख बराबरको सहयोग गरेको छ । सो वृद्धाश्रममा ५० जना वृद्ध–वृद्धाहरु आश्रय लिएका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५० हजार बराबरको खाद्यान्न र नगद ५० हजार हस्तान्तरण गरेको एसवाई प्यानलका निर्देशक शशी साहले जानकारी दिए । यस संस्थाले वितरण गरेको खाद्य सामग्री र नगदबाट कम्तिमा डेढ महिना वृद्धाश्रम आश्रय लिएकाहरुको भोजनको प्रबन्ध हुने समन्वयकर्ता सरला पन्तले बताइन् । एसवाई प्यानल र एसवाई बजारएक सामाजिक संस्था हो ।

यसले स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले प्रत्येक महिनामा सामाजिक उत्तरदायित्व वहन गर्न सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विभिन्न सकारात्मक परिवर्तन ल्याउन अझै प्रभावकारी कार्यक्रम गर्ने निर्देशक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय