२०८१ माघ ८ मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी विनियम कारोबारलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन नियमावली, २०७८ जारी गरेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार विनियमावली जारी गर्दै विदेशी विनियम कारोबार गर्ने इजाजत पत्र प्राप्त बैङ्क, वित्तीय संस्था तथा निकायलाई सो सम्बन्धी परिपत्र गरेको छ । सो विनियमावलीमा विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउन स्वीकृति तथा लेखाकंन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋण स्वीकृतिलगायतका विषयहरू समेटिएका छन् । विनियमावलीले विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाकंन गर्ने तथा विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्ने लगायतका विषयहरूलाई व्यवस्थित गरी विदेशी लगानी आकर्षित गर्न सहज वातावरण सिर्जना गर्ने नेपाल राष्ट्र बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय