२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली नियुक्त भएका छन । प्रभु बैंकको चिफ बिजनेश अफिसर रहेका थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन । बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष अनुभव बटुलेका उनी एक कुशल बैंकरको रुपमा परिचित छन ।

हाल प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली प्रभु बैंक आउनुपूर्व सांग्रिला डेभलेपमेन्ट बैंकको कामु सीईओ थिए । अब भने उनी कामना सेवा विकास बैंकको सीईओ बन्ने भएका हुन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय