
काठमाडौं । के.एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिमा चरन गरेका मौरीहरूबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
साथै स्थानीय किसानद्वारा स्थानीय रुपमै उत्पादित सामानको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ज्ञान महको गुणस्तर प्राकृतिक र मिठो बास्नाबाट पनि आकलन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मुल्यवान प्राकृतिक उत्पादन मध्येको एक हो ।
मह पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेे लगायत अन्य क्लिनिकल अवस्थाको वैकल्पिक उपचारको रूपमा पनि प्रयोग गरिन्छ । मह भिटामिन र अन्य पोषक तत्वले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजामा मिसाएर पनि उपभोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।