२०८० जेष्ठ १८ बिहीबार

काठमाडौं । राष्ट्रिय विज्ञापन संघ (नान)को प्रारम्भिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

प्रथम उपाध्यक्षमा प्रदीप कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा अरुण अर्याल, सहकोषाध्यक्षमा रोजी पराजुली रहनुभएको छ । सदस्यमा वसन्त योगी, रवि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य, गुञ्जमणि भट्टराई, चन्द्रकान्त अवस्थी, निर्मल अधिकारी, नवराज निरौला, सुनिल आहुजी र सविन पोखरेल रहनुभएको छ ।

निर्वाचितलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले विज्ञापन क्षेत्रलाई समयसापेक्ष बनाउन विधान संशोधनलगायतका तीनबुँदे निर्णय पारित गरेको छ । कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, विज्ञापन व्यवसायी नवीनराज पौडेल, बानका उपाध्यक्ष राजकुमार थापा, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय