
काठमाडौं । नेपालको नम्बर ज्ञ फ्रुट जुस ‘रियल फ्रुट पावर’ उत्पादक तथा बजारकर्ता डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा कार्बोनेटेड पिय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ ।
‘रियल फिज्जिन’को एप्पल मसला कोला र निम्बु गरी उत्कृष्ट तीनवटा स्वादहरु छन्, जुन आकर्षक पेट बोतलहरुमा उपलब्ध छन् । ११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः रु ३०, ५० र ८० को आकर्षक मूल्यमा उपलब्ध छ ।
यसैगरी जिराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५ प्रतिशत फलफूलको रस छ । त्यस्तै रियल निम्बु फिज्जिनमा ५ प्रतिशत रिफ्रेसिङ लेमन जुस छ । रियल मसला कोला र निम्बुको १५० एमएल ‘अन द गो’ प्याक आकर्षक मूल्य रु ३० मा उपलब्ध छ ।