
काठमाडौ । स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउंदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्ड वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाईनान्सिग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा शुन्य दशमलव २५ प्रतिशत छुटको अफर ल्याएको हो । साथै, बैक र माउन्टेन बाईक विक्रेता बीच जुन महिना भरी इएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि ल्याइएको छ । यस अन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाडौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईक‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरीद गर्न सक्नेछन् ।
हालको परस्थिती र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसंगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको बैकले जनाउको छ । वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधा ल्याएको हो । ‘बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिगको सदस्यको नाताले शुन्य कार्वन उत्सर्जनको लागी वातावरण मैत्री बैंकिग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकवर्गको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो ।’ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका पनि जनाएको छ ।