२०७९ चैत्र १२ आईतवार

उदयपुर । उदयपुरमा विगत ५ बर्ष देखि प्रशारणमा रहेको उपहार एफ.एम ९५.४ मेघाहर्जले आफ्नो पाँचौं वार्षिकोत्नसवको अवसर पारेर एक म्युजिकल अवार्डको कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । मोफसलमा विरलै मात्रामा हुने यस्तो म्यूजिक अवार्ड उपहार एफ.एमले भव्य रुपमा सम्पन्न गरेर एउटा उदाहरणको नमुना प्रस्तुत गरेको हो ।

जिल्लाको गाइघाट बजारमा आयोजित उक्त अवार्डको अवसरमा नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योग्दान पुर्‍याउँदै आएका बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र गायीका कुन्ति मोक्तानलाई नगद ५० हजार सहित लाईफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ । मोक्तान दम्पत्तिलाई उपहार एफ.एम संचालक समितिका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिका उदयपुरका अध्यक्ष मेजरकुमार राई र वलान विहुल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, चेक तथा अवार्ड सहित सम्मानित गरेका थिए ।

कार्यक्रममा उपहार एफ.एम कला सम्मानबाट बरिष्ट टेलिभिजनकर्मी तथा गायक मनोहरी थापाका साथै शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरिएको थियो । आदिम स्मृति कला सम्मान रंगकर्मी गोपाल कृतिलाई उपलब्ध गरिएको थियो ।

गाईघाट स्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेष्ट रकपप विधाबाट गायक असोक सिवा, राईजिङ स्टारको उपाधि गोविन्द गुरागाई, बेष्ट मोडल मेल रियाज आचार्य, उत्कृष्ट भिडियो निर्देशनबाट कलाकार प्रदिप चौधरीले अवार्ड प्राप्त गरेका थिए ।

यसैगरी उत्कृष्ट रचनाकार तर्फ सइनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिक तर्फ शसिचन्द्र राई, उत्कृष्ट लोकपप गायक तर्फ सन्दीप मोते, उत्कृष्ट मोर्डन पप गायीका तर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडि पप गायीका तर्फ अप्सरा घिमिरे, उत्कृष्ट लोक गायक तर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडि पप गायक तर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकको उपाधि टम्पसेर राई, उत्कृष्ट मोडल तर्फ रेखा राई र बेष्ट प्लेब्याक गायीकाको उपाधि पुजा मगरले प्राप्त गरेको कार्यक्रम निर्देशक ताराबिर पाण्डेले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान, गायीका कुन्ति मोक्तान, गायक नन्दु गुरुङ सहित अवार्ड प्राप्त कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुति समेत गरेका थिए ।

स्थानीय कलाकर्मीहरुको सम्मानको लागि अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको उपहार एफ.एम ९५.४ मेघाहर्जका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।

कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा दाजु भाई समुह दोहा कतार रहेको थियो भने सहयोगीका रुपमा उदयपुरका आठ वटै स्थानिय तह तथा विभिन्न क्षेत्रबाट प्रायोजन तथा सह प्रायोजनको भइ सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय