२०७९ चैत्र १२ आईतवार

मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मकवानपुरको मनहरी– ८, सिम्पानीमा अवस्थित श्री मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टरसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पुर्व सांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय