
काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघको चौथो वार्षिक साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । अध्यक्षमा सन्तोष प्याकुरेल, उपाध्यक्षमा भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिवमा दिपक कोइराला, सचिवमा प्रद्युम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रविन्द्र थापा रहनुभएको छ ।
सदस्यमा सूर्य पोखरेल, प्रतीक्षा श्रेष्ठ, त्रिलोचन अधिकारी, कमला बस्नेत, ध्रुव थापा, केशव सिंखडा र अशोक भण्डारी रहनुभएको छ । कार्यक्रममा नेपालस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आइडिपी आइइएलटी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । संघ शैक्षिक परामर्श संस्थाको छाता संगठन हो ।