२०७९ चैत्र १२ आईतवार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन्। बैंकले पाण्डेलाई फागुन ३ गतेदेखि लागु हुनेगरि ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई मिति २०७९/११/०३ गतेबाट लागू हुने गरी १ कार्यकाल (४ वर्ष) को लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकका नायव महाप्रबन्धक बिजेन्द्र सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय