२०७९ चैत्र १२ आईतवार

काठमाडौं । टाइटन घडीले ललितपुरको जावलाखेलमा पनि शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार कम्पनीका रिजनल डाइरेक्टर जोसेफ प्रिन्सले शोरुमको उद्घाटन गर्नुभएको हो ।

यसअघि दरबारमार्गमा शोरुम सञ्चालनमा ल्याएको थियो । रिजनल डाइरेक्टर प्रिन्सले नेपाली ग्राहक कम्पनीको हृदयमा सधैं बस्न सफल भएको भन्दै कम्पनीले उत्पादन गर्ने उच्चस्तरीय घडी नेपालमै पाइने बताउनुभयो ।

करिब दुई दशकदेखि नेपालमा टाइटनको घडी बिक्री हुँदै आएको छ । सन् १९८४ मा स्थापना भएको कम्पनीले हरेक वर्ष १५ लाख बढी घडी उत्पादन गर्ने र ३२ मुलुकमा २० करोड ग्राहक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय