
काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इनर्जी प्रालिले ट्रियो र यारी इलेक्ट्रिक अटोको खरिदमा आकर्षक अफर ल्याएको छ ।
कम्पनीले दमक, भैरहवा र नेपालगंजमा नयाँ सोरुम विस्तार गर्दै नगद छुट र एक्सचेन्ज मेलाको घोषणा गरेको हो । अब ग्राहकहरुले ट्रियो र यारी इलेक्ट्रिक अटोको खरिदमा ४० हजार रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । नगद छुटको यो नयाँ योजनाले ग्राहकलाई राहत दिने विश्वास कम्पनीले लिएको छ ।
यो योजना फेव्रुअरी महिनाभर लागु हुनेछ । यसअघि कम्पनीले बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौंडा, नारायणघाट, बुटवल र सुर्खेतबाट इलेक्ट्रिक थ्री ह्विलरको बिक्री गर्दै आइरहेको थियो ।
एड्भान्स लिथियम आयोन टेक्नोलोजिबाट निर्मित व्याट्री जडान गरिएका कारण महिन्द्राका ट्रियो अटोलाई तीन घन्टा ५० मिनेटमा चार्ज गर्दा १३० किलोमिटर र यारीलाई २ घन्टा ३० मिनेटमा चार्ज गर्दा ८५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा क्रमशः तीन वर्ष अर्थात ८० हजार किलोमिटर र तीन वर्ष अर्थात ४० हजार किलोमिटर वारेन्टीसमेत दिइएको छ ।