
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन ४ अर्ब रूपैयाँभन्दा बढी आकारको भएकाे छ । वि.स.२०७१ सालदेखि सुरुवात भएकाे लगानी व्यवस्थापन सेवामा एक हजार १०० भन्दा बढी ग्राहक भएका छन् ।
एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अघिदेखी सुरुवात गरेको यस सेवा अन्तरगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहकले कम्पनी प्रति देखाएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफा र ग्राहकको हितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको बताएकाे छ ।
आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने यस क्यापिटलले जनाएको छ ।