काठमाण्डौं । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ८७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । कार्तिक मसान्तसम्म २५ अर्ब ३२ करोड ३० लाख रुपैयाँ आर्जन गरेका बैंकहरुको नाफा मंसिरमा ३३.७९ प्रतिशतले बढोत्तरी भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा नबिल बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ३ अर्ब ९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनआईसी एशिया बैंकले २ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले २ अर्ब ३२ करोड ५५ लाख र राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १६ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
समीक्षा अवधिमा बाह्र बैंकले एक अर्बभन्दा धेरै दुई अर्बभन्दा कम नाफा आर्जन गरेका छन् । ती बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, प्राइम, कुमारी, नेपाल, एभरेष्ट, स्ट्याण्डर्ड चार्टड, हिमालयन, सानिमा, मेगा, नेपाल एसबिआई र सिद्धार्थ बैंकको नाफा एक अर्बभन्दा धेरै छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ९१ करोड नाफा आर्जन गर्दा बाहौं सिद्धार्थ बैंकले एक अर्ब २ करोड नाफा आर्जन गरेको छ ।
| Commercial Banks Profit in Mid-Dec |
Rs in Million |
| NABIL | 3,092.19 |
| NIC | 2,748.33 |
| Global | 2,325.52 |
| RBB | 2,162.99 |
| NIBL | 1,911.19 |
| NMB | 1,694.94 |
| Prime | 1,694.52 |
| Kumari | 1,514.75 |
| NBL | 1,480.03 |
| EBL | 1,437.81 |
| SCBNL | 1,313.27 |
| HBL | 1,077.10 |
| Sanima | 1,043.97 |
| Mega | 1,032.17 |
| NSBI | 1,025.47 |
| SBL | 1,025.38 |
| Prabhu | 989.19 |
| Citizen | 897.93 |
| Laxmi | 875.56 |
| NCC | 839.19 |
| MBL | 790.69 |
| BOK | 651.88 |
| Civil | 633.84 |
| Sunrise | 597.68 |
| Century | 556.02 |
| ADBL | 467.48 |
दश बैंकको नाफा चालु आवको पाँच महिनामा एक अर्बभन्दा कम छ । यस अवधिमा प्रभु बैंकले ९८ करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंक ८९ करोड ७९ लाख रुपैयाँ, लक्ष्मी बैंकले ८७ करोड ५५ लाख रुपैयाँ, एनसीसी बैंक ८३ करोड ९१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ७९ करोड ०६ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले ६५ करोड १८ लाख, सिभिल बैंकले ६३ करोड ३८ लाख, सनराइज बैंकले ५९ करोड ७६ लाख, सेञ्चुरी बैंकले ५५ करोड ६० लाख र कृषि विकास बैंक ४६ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।















