
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्व चयन भएको छ । २९ औं साधारणसभाले राजेन्द्र भण्डारीको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । चारवटा प्यानल चुनावी प्रतिपर्धामा थिए । संघको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्चको प्यानलनले अधिकांश पदमा चुनाव जितेका छन् ।
भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिष्पर्धी भुवन गुरुङले १५७ मत पाए । यस्तै अर्का उम्मेदवार कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरे । संघको प्रथम उपाध्यक्षमा डिक बहदुर खत्री (कुमार), दितिय उपाध्यक्षमा सन्जु गुरुङ, तृतिय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिबमा कर्णराज कटुवाल, कोषाध्यक्षमा सरिता घलेले विजय प्राप्त गरेका छन् ।
भण्डारी प्यानलबाटै सदस्यमा राजेन्द्र बस्नेत, बैकुण्ठ प्रसाद पौडेल (वैभव), देउमान नेम्वाङ (डिएम सुब्बा) आनन्दप्रसाद कोइरालाले विजय प्राप्त गरेका हुन् । संघको सदस्यमा बिक्रम श्रेष्ठ, देविमाया थापा, कैलाश पाठक, नारायण भुसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बु निर्वाचित भएका छन् ।