
काठमाडौं । सिल्क एक्सपोर्ट र क्लासिक ग्रुपबीच सम्झौता भएको छ । लामो समयदेखि चीन, भारतलगायत अन्य मुलुकमा सामान निर्यात गर्दै आएकोे सिल्क एक्सपोर्टबीच सामान निर्यातका लागि सम्झौता भएको हो ।
सम्झौतासँगै क्लासिक ग्रुपद्वारा उत्पादित म्याट्रेस सिरक र बेडसिटलगायतका सामान सिल्क एक्सपोर्टले तिब्बतमा बजारीकरण तथा प्रवद्र्धन गर्नेछ । सम्झौताले हाल देशले भोगिरहेको व्यापारघाटा केही हदसम्म भए पनि घटाउन सहयोग पुग्ने बताइएको छ ।