
काठमाडौँ । कोका–कोलाले खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरेको कार्यक्रममा १ हजार भन्दा बढी महिलालाई तालिम प्रदान गरेका छ ।
गत ८ मार्च २०२२ गते अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्िलङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको शुरुवात गरेको हो ।
खुद्रा व्यवसाय र साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धि तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमका सहभागी सौरहाकी गीता श्रेष्ठले महिला युवा व्यवसायीको लागि सक्षम तालिम कार्यक्रम उत्साहजनक रहेको बताइन । आज भन्दा ४४ वर्ष अगाडि १ सय ६० रुपैँयामा आफ्नो व्यापार शुरु गरेको भन्दै उनले आफनो कडा परिश्रमले आफ्नो सपना पुरा गर्न सक्षम भएको बताइन ।
त्यस्तै नारायणघाटकी माया पाण्डे सक्षम कार्यक्रमले आर्थिक रुपमा सशक्त हुन चाहिने सिप सिकाएको बताइन । सक्षम जस्तो सिप बिकास गर्ने कार्यक्रमले अझै राम्रोसँग व्यवसाय सन्चालन गर्न हौसला दिएको उनको भनाई थियो ।कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्ने भन्दै महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको बताए ।
सक्षम तालिम कार्यक्रम २०२२ मा शुरु गरेको भन्दै उनले अनुभवी र दक्ष प्रशिक्षकसँग मिलेर महिला व्यवसायीलाई व्यावसायीक तालिम, मेन्टोरिङ नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिम दिएको धारणा राखेका थिए ।
त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको बाइन । काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसल र रेस्टुरेन्टहरु रहेका र जुन महिलाले चलाउँछन्, त्यस्ता महिलालाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनको भनाई थियो ।
कोका–कोलाले विविधता, समानता र समावेशितालाई आफ्नो मुल मान्यतामा राखेको छ । यी कुरा कम्पनीले बेला–बेलामा सञ्चालन गर्ने महिला सशक्तिकरण सम्बन्धि तालिमहरुमा पनि प्रतिविम्बित हुने पनि विज्ञप्तिमा उल्लेख छ ।