२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रु. ७३ अर्ब ३० करोड (१.६ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.४२३ अर्ब १३ करोड (१०.४ प्रतिशत)ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ मंसिर मसान्तमा बैंक तथा वित्ती संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ ।

२०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर