२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले सामसुङ प्लाजाबाट कन्जुमर इलेक्ट्रोनिक्सहरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट विद्युतीय सामाग्रीहरुको प्रयोगमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर