
मुक्तिनाथ विकास बैंकले १६औं वर्ष सफलतापूर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एवं डाक्टर भगवान कोईरालाको अध्यक्षतामा संचालित गैरनाफामुलक संस्था Kathmandu Institute of Child Health सँग सहकार्यबारे सम्झौता गरेको छ ।
बैंकको तर्फबाट अध्यक्ष् भरतराज ढकाल र संस्थाको तर्फबाट डा. भगवान कोईरालाले हस्ताक्षर गर्नुभएको उक्त सम्झौताबमोजिम झापा जिल्ला दमकस्थित निर्माणाधिन बाल अस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्नेछ ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनुभएको छ ।