२०८२ श्रावण १ बिहीबार

काठमाडौं – सामसङले लोकप्रिय ए–सिरिजको सबैभन्दा नयाँ सदस्य ग्यालेक्सी ए ०४ इ नेपाली बजारमा सार्वजनिक गरेको छ। ए–सिरिजको यो पछिल्लो सार्वजनिक ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो। यसमा ३ जिबी र्‍याम छ र ३२ इन्टर्नल मेमोरीको भेरिएन्टमा आउने कम्पनीको भनाइ छ।

यसमा थप १ टिबी एक्सटर्नल स्टोरेज स्पेस माइक्रो एसडी कार्डद्वारा जोड्न सकिने कम्पनीको भनाइ छ। तर यो फोनको प्रमुख विशेषता भने यसको डिस्प्ले र क्यामरा रहेको कम्पनीले बताएको छ।

यस स्मार्ट फोनमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ। साथै २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ।

यसमा ६.५ इन्च स्क्रिन ७२० ह १६०० पिक्सल रेसोलुशन रहेको छ। यसको इन–सेल टच एल सी डी पी एल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा स्पष्टता दिनुको साथै थप फिचरहरूको लागि थप स्पेस पनि दिने बताएको छ।

कम्पनीका अनुसार यसमा भएको ५००० एमएएच ब्याट्रीले ४० घण्टासम्म बिना कुनै चार्जिङको आवश्यकताको स्क्रन–टाइम दिन्छ। कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरूमा उपलब्ध यस फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर