
काठमाडाैं – नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ ।
यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्वजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सक्नेछन् । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिमसम्म लागू हुनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधासम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।