२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । नेपालको ‘हार्ड ड्र्रिङ्क्स’ र बियरको मार्केट कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ह्विस्कीको नयाँ उत्पादन काला पत्थर बजारमा ल्याएको छ । जवलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रिमियम क्याटगोरीमा प्रिमियम ह्विस्की ब्राण्ड काला पत्थर बजारमा ल्याएको हो ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘काला पत्थर एउटा ब्लेन्डेड रिसर्व ह्विस्की हो, जुन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक सेरी र ओक कास्कमा तयार पारिएको छ ।’

काला पत्थरमा सोफिस्टिकेटेड रिच एण्ड स्मुथ फिनिस भएकोले यसलाई सजिलै आनन्दका साथ पिउन सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो ह्विस्की बरफको साथ वा सिधै प्रयोग गर्न सकिन्छ । प्रिमियम बोत्तलमा ७५० मिलि, १८० मिलि र ९० मिलिमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर