२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ एससिटी-युपिआई डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले शुुक्रबार संयुक्तरूपमा एससिटी-युपिआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गर्नुभएको हो ।

सो अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानालगायत बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । उक्त सेवाले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर