२०८२ असार २९ आईतवार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जाको पिपिए (विद्युत् खरिद सम्झौता) का लागि प्रस्ताव आहृवान गरेको छ । प्राधिकरणले अध्ययन भइरहेका र पहिचान भइसकेका सौर्य आयोजनाको पिपिए प्रक्रिया अघि बढाउन प्रस्ताव आहृवान गरेको हो । प्राधिकरणले प्रतियुनिट अधिकतम पाँच रुपैयाँ ९४ पैसा पिपिए दर तोकेर एक सय मेगावाटका लागि प्रस्ताव आहृवान गरेको छ ।

हाल पिपिए दर प्रतियुनिट सात रुपैयाँ ३० पैसा रहेको छ । हाल विद्युत् विकास विभागबाट अध्ययन अनुमति लिएका वा नयाँ पहिचान भएका सबै आयोजनाले प्रस्ताव गर्न सक्ने प्राधिकरणले जनाएको छ । आयोजनाको काम पिपिए भएको १८ महिनाभित्र पूरा गर्नुपर्नेछ । २०७९ फागुन १४ गते अर्थात् ९० दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

हाल विभागमा १५२१.१५ मेगावाटका सौर्य आयोजना निर्माण प्रक्रियामा रहेका छन् भने हालसम्म ३९ मेगावाटको सौर्य आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय