२०८२ असार ३० सोमबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले लूम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बूटवल उपमहानगरपालिका वडा नं. ९ स्थित राजमार्ग चौराहामा शुक्रबारदेखि नयाँ शाखा औपचारिक रुपमा सञ्चालनमा आएको छ । नेपाल बैक संचालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले संयूक्त रुपमा उक्त शाखाको उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिष्पर्धात्मक बैंकिङ्ग बजारमा चूस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको कूरा अध्यक्ष ज्ञवालीले बताए ।

नगर प्रमूख खेलराज पाण्डेले नाफामात्रै नहेरी व्यवसायीहरुलाई समस्यामा नपर्ने गरी सहयात्रीको रुपमा बैंकले काम गर्नूपर्नेमा जोड दिए । उक्त कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बोल्दै शाखा विस्तारले बुटवलको विकासको निम्ति नेपाल बैंकको भूमिका समेत बढाउन सहयोग पूग्ने र सरकारको बैंक भएकाले बैंकको नाफाको ठूलो अंश सरकारको आम्दानीको रुपमा पुनः देश विकासकै लागि खर्च हुने भएकाले पनि सरकारी बैंकसंग कारोबार गर्न उपयुक्त हुने कुरा बताए ।

सो कार्यक्रममा नेपाल बैंक लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख शीलकुमार नेपाल, नेपाल राष्ट्र बैंकका निमित्त निर्देशक जिवन प्रकाश पाण्डे, नेपाल चेम्बर अफ कमर्श बुटवलका महासचिव जे.पि कडेल, बुटवल बहुमुखी क्यापसका क्याम्पस प्रमूख डा. खिमानन्द न्यौपाने, प्रादेशिक कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय