२०८२ श्रावण १ बिहीबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई कम गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनु पर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनीकरण गर्न ६ बुँदे निर्देशन दिएको हो।

जसमा बीमालेखमा हिताग्राही/ मनोनित उल्लेख गर्दा निजको पहिचान सम्बन्धी कागजात (नागरिक्ता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ।

बीमालेखमा हिताग्राही/मनोनित उल्लेख गर्दा सो व्यक्ति उच्च राजनैतिक व्यक्ति भए नभएको एकिन गर्नुपर्ने प्राधिकरणले भनेको छ। पच्चीस लाख भन्दा बढी बीमांक कायम गरी जारी हुने जीवन बीमालेखमा इच्छयाईएको व्यक्तिसँगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने प्राधिकरणको निर्देशनमा छ।

बीमाका संचालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा निजको अपराधिक पूष्ठभूमि बारे जानकारी लिन प्रहरी प्रतिवेदन रिपोट अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ।

एक प्रतिशत भन्दा बढीको संस्थापक सेयर कारोबारको सम्बन्धमा प्राधिकरणको स्वीकृत माग गर्दा खरीदकर्ताको प्रहरी प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

साथै ,बीमकका कर्मचारी तथा बीमा अभिकर्ताका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम, अभिमुखीकरण संख्या बढाउनु पर्ने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर