२०८२ श्रावण १ बिहीबार

काठमाडौं । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोकाकोलाले आप्mना फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताले फिफा वल्र्डकप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटजस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।

यस क्याम्पेनमा सहभागी हुन उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । कात्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागू हुने बताइएको छ ।

यो अफर लागू नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यो अफर २५० मिलि, ५०० मिलि, १ लिटर र २.२५ लिटरको कोकाकोला र कोकाकोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर