२०८२ असार ३० सोमबार

काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १० अर्ब ८४ करोड रुपैयाँको बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणमा १९ निर्जीवन बिमा कम्पनीले १० अर्बभन्दा बढीको कुल बिमा शुल्क आर्जन गरेको उल्लेख छ ।

उक्त रकम आर्थिक वर्ष २०७७/७८ को भन्दा ११ दशमलव ८५ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीले ९ अर्ब ९६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको पनि तथ्याकंले देखाएको छ । चालु आबको असोज मसान्तसम्ममा निर्जीव बिमा कम्पनीमध्ये सबैभन्दा धेरै बिमा शुल्क राष्ट्रिय बिमा कम्पनीले आर्जन गरेको छ ।

सो कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । असोजमा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । धेरे बिमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । उक्त कम्पनीले असोज महिनामा मात्र ३४ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको हो ।

सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बिमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ । यसैगरी, नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

असोज महिनामा कम्पनीको बिमा शुल्क २८ करोड ८६ लाख थियो । त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले चालू आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९ लाख आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बिमा शुल्क २२ करोडभन्दा बढी छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बिमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ बिमा शुल्क छ ।

लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बिमा शुल्क आर्जन देखिएको छ ।

नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बिमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेसनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र सानिमा जनरल इन्स्योरेन्सले २८ करोड ३६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको देखिएको छ । जसमध्ये सबैभन्दा कम बिमा शुल्क जनरल इन्स्योरेन्सको रहेको छ । सो कम्पनीले समीक्षा अवधिमा २५ करोड १८ लाख बिमा शुल्क आर्जन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय