२०८१ पुष २९ सोमबार

काठमाडौं । प्राइम कमर्शियल बैंकले कोभिड १९ महामारीविरुद्ध लड्न देशको विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने क्रममा वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ ।बैंकले अस्पताललाई पि.पि.इ सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलि लगायतका विभिन्न स्वास्थ सामाग्रीहरु प्रदान गरेको हो । बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकिय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहकाबीच उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।यसका साथै बैंकले सुदुरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ । बैंकले कोभिड­ १९ विरुद्धको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर