
काठमाडौँ । लुम्बिनी बिकास बैंक र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समितीबिच सम्झौता भएको छ । लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सनबीच सेवा सुविधा आदानप्रदान गर्न सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरु लाइ दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने भएको छ ।
सो सम्झौता पत्रमा बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरे ।
सो कार्यक्रममा बैङ्कका मधेश प्रदेश प्रमुख मोहन राज गिरी, नेशनल प्याब्सन मधेश प्रदेश समितीका प्रदेश सचिव जितेन्द्र प्रसाद यादव, सह सचिव के. एस. फिजिसियन, सदस्यहरु मालती कुमाल, विजय यादव, बसन्त ढकाल, चन्दन यादव, पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, सचिव प्रमोद सहनि, कोषाध्यक्ष राजेश लिम्बु, सोना लाल पटेल, उत्तम गुप्ता लगायत , अन्य महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास बैङ्क लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् भने निकट भविष्यमा काठमाडौं उपत्यकामा थप तिन शाखाहरु जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रकृयामा रहेको छ ।
यस लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैङ्किङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैङ्कले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।