२०८२ असार २९ आईतवार

काठमाडौं । एशियन पेन्ट्स नेपालको गोदामबाट ८ हजार थान रङ्गको डिब्बा (टिन) नियन्त्रणमा लिएको छ ।एशियन पेन्ट्स नेपालको गोदामबाट उपयोग मिति सकिएको रङ्गको डिब्बामा पुनः नयाँ उपयोग मितिसहित रिलेवलिङ्ग गरेको अवस्थामा एशिएन पेन्ट्स नेपालको गोदामबाट ८ हजार थान डिब्बा बरामद गरिएको हो ।

काठमाडौंको सतुङ्गल र ललितपुरको बालकुमारीस्थित गोदामबाट उक्त रङ्गको डिब्बाहरु बरामद गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा रिलेवलिङ्ग गरिएको रङ्गको डिब्बा बजारमा पठाउन लागिएको अवस्थामै बरामद गरेको हो ।

यसको बजार मूल्य १ करोड २० लाख रुपैयाँ पर्छ ।उपयोग अवधी गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेवलिङ् गरिएका उक्त कम्पनीका रङ्ग बजारमा बिक्री भएको पाईएपछि विभागले कम्पनीको उपत्यकास्थित २ वटा गोदाममा एकै पटक अनुगमन गरेको थियो ।

सो क्रममा अवैध रूपमा बिक्रीका लागि बजारमा पठाउन राखिएका रङ्गलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएको रङ्गलाई हाल विभागको बबरमहलस्थित कार्यालय परिसरमा सुरक्षित राखिएको छ ।

रङ्गको अवैध बिक्री वितरण गर्दै आएको एशियन पेन्ट्स नेपाललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गर्नुका साथै नियन्त्रणमा लिईएको रङ्गलाई आवश्यक कानूनी प्रकृया पुरा गरि नष्ट गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय