
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालि बीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११ दशमलव ११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
यो योजना कार्तिक २५ देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन ।
बैंकमा खाता रहेका ग्राहकले दराजको ११ दशमव ११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५ सय रुपैया सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैया सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।
बैंकले हाल १ सय ४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिग सेवा र १ सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।