
काठमाडौं । शाओमीले तिहार २०७९ को अवसरमा ग्राहकका लागि आश्चर्यजनक अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले कुनै पनि शाओमी, रेड्मी वा पोको फोन खरिदमा एमआई टिभी फोर ए प्रो ३२ जित्न सक्नेछन् ।
अफरबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्यासित माया र समर्थन पाएका छौं ।
तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मीका फोन किन्न इच्छुकका लागि मीको टिभी जित्ने अफर ल्याएका छौं ।’
अफर कात्तिक २ देखि १३ गतेसम्म मान्य लागू हुने कम्पनीले जनाएको छ ।