२०८२ श्रावण १ बिहीबार

काठमाडौं । विश्व बैंकले रुस–युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्यवृद्धि ८.८ प्रतिशत हुने जनाएको छ । साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ ।

सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन ।

आईएमएफले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार सन् २०२२ मा विश्वमा महँगीसमेत ४.७ प्रतिशतबाट वृद्धि भएर ८.८ प्रतिशतसम्म पुग्ने आईएमएफको प्रक्षेपण छ ।

विश्व अर्थतन्त्रमा वृहत् र अपेक्षा गरिएभन्दा धेरै मन्दी देखिएको र मूल्य वृद्धि समेत केही दशकयताकै उच्च भएको आईएमएफले उल्लेख गरेको छ ।

आईएमएफले आगामी केही वर्ष मूल्यवृद्धि र अनिश्चितता रहने उल्लेख गर्दै मौद्रिक नीतिले मूल्यमा स्थिरता कायम राख्ने प्रयास गर्नुपर्ने र आर्थिक नीतिले जीवन यापनको लागत घटाउने गरी लक्षित हुनुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर