२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । ब्रदरमार्टले अनलाइनमार्फत घरैमा सामग्री उपलब्ध गराउने व्यवस्था गरेको छ । ब्रदरमार्टले काठमाडौं, भक्तपुर, ललितपुरसहित देशैभरि अनलाइनमार्फत तत्कालै सामग्री पुर्याउने व्यवस्था गरेको हो ।

संस्थापक अशेष प्रसाईका अनुसार ब्रदरमार्टले असोज ५ देखि १५ गतेसम्म ६० प्रतिशतसम्म छुट लिएर देशभरि निःशुल्क डेलिभरीको व्यवस्था गरेको छ । संस्थापक प्रसाईका अनुसार ब्रदरमार्टमा ग्याजेट, मोबाइल, ल्यापटप, फेन्सी आइटम, घरायसी सामग्रीसहित उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री किन्न पाइन्छ ।

ब्रदरमार्ट सन् २०१६ मा स्थापना भएको भरपर्दो अनलाइन सपिङ प्ल्याटफर्म हो । ब्रदरमार्टले अनलाइनमार्फत अर्डर आएपछि निःशुल्क रुपमा घरमै पुर्याइदिने व्यवस्था गरेको छ । साथै कुनै कारणवश सामग्री फिर्ता गर्नुपर्ने एकसाताभित्र फिर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर