२०८२ श्रावण २ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । त्यसअघिको साता वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो ।

यसरी हेर्दा पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूमा मात्र ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघको तथ्यांक छ । हिन्दुहरूको महान चाड दसैं र तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब भत्ता, दसैं बोनसलगायतमा सरकारी खर्च बढेकाले पछिल्ला साताहरूमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार भएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर